काठमाडौं, एजेन्सी - बलिउडकी चर्चित गायिका नेहा कक्कडले विवाह बन्धनमा बाँधिएकी छन् । उनले शनिबार गायक रोहन प्रित सिंहसँग विवाह गरेकी हुन् ।

दुबैको विवाह दिल्लीको उत्तर नगरको एक गुरुद्धारमा भएको थियो । विवाह पछि दुबै एयरोसिटीस्थित होटल जे डब्ल्यु म्यारियट पुगेका थिए । त्यहाँ दुबैपक्षको नजिकका आफन्तहरुको उपस्थिति रहेको थियो ।

नेहा र रोहनप्रीतको विवाह भिडियोले अहिले चर्चा बटुलिरहेको छ । भिडियोमा नेहा र रोहनप्रीत एकअर्कालाई बरमाला लगाउँदै गरेको समेत देख्न सकिन्छ ।

नेहा र रोहनले केही साता अगाडि मात्र आफूहरुको सम्बन्धको खुलासा गर्दै बिहे गर्ने बताएका थिए ।