काठमाडौं - बलिउड अभिनेता अक्षय कुमारको फिल्म ‘गुड न्युज’ले व्यापारमा अर्का अभिनेता सलमान खानको फिल्मले रिलिज भएको ६ दिनमा बुधवारसम्म सय करोडभन्दा माथिको व्यापार गरेको छ । 

आफ्नो फिल्मको कमाइप्रति अभिनेता अक्षय कुमार खुसी छन् ।  फिल्मभित्र रहेको कमेडी प्लट समेटिएको ट्रेलरमा अक्षयकुमार, करिनाको अलवा दिलजित दोसान्झ र कियारा आडवाणी समेत देखिएका छन् ।

फिल्मको कथा दुई जोडी बत्रा परिवारको हो । दुबै जोडीले बच्चा पैदा गर्न इन विट्रो फर्टिलाइजेशन आईवीएफ टेक्नोलोजीको सहारा लिन्छन् । दिलजित–कियारा र अक्षय –करिनाको गुड न्युजका बीचमा सबै कुरो उल्टोपुल्टो हुन्छ । 

सोही क्रममा करीनामा दिलजित र कियारमा अक्षयका स्पर्म ट्रान्फर हुन्छ । जब स्पर्म मिक्स हुन्छ । तब फिल्मको कहानी अगाडि बढ्छ ।  ट्रेलर सार्वजनिक हुने बितिकै दर्शकले पनि निकै मन पराएका छन् । ट्रेलर हेर्दा अनुमान लगाउन सकिन्छ फिल्मबाट दर्शकले निकै मनोरन्जन लिन सक्छन् ।