काठमाडौं - त्रिभुवन विमानस्थालको अन्तराष्ट्रिय टर्मिनलअन्तर्गत प्रस्थान कक्षको प्रवेशद्वार ‘गेट–ट’ बाहिर र आगमन कक्ष बाहिर परिसारमा लागेको सर्वसाधारणको बाक्लो भीड देख्दा लाग्छ यहाँ कुनै जात्रा चल्दैछ ।

सवारी साधन गुड्ने सडक नै ढाकिने गरी प्रत्येक दिन लाग्ने यो अनौठो भीडले नेपालको एकमात्र अन्तराष्ट्रिय विमानस्थालको अस्तव्यस्ततालाई झल्काउँछ ।

प्रि–पेड ट्याक्सी सेवाका नाममा काउन्टर स्थापना गरी बसेका ट्याक्सी तथा हरियो नम्बर प्लेटका सवारी चालकले यात्रुलाई तानातान गरेको देखिन्छ ।

नेपाल भ्रमण वर्ष २०२० को पूर्वसन्ध्यामा बिहीवार विमानस्थालको अन्तराष्ट्रिय टर्मिनलको भवनअन्तर्गत प्रस्थान र आगमन कक्षका अतिरिक्त यहाँको सुरक्षा अवस्था, सरसफाइ, अध्यागमन सेवा, नयाँ प्रविधिको प्रयोग र सुधारका सम्बन्धमा  स्थलगत अनुगमनका क्रममा यस्तो देखिएको हो । 

गोरखापत्र दैनिकबाट