काठमाडौं - सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी समितिको बैठक बुधवारसम्मका लागि स्थगित गरिएको छ । प्रधानमन्त्रीको राजिनामा माग भएपछि पटक पटक स्थगित हुँदै आएको बैठक आज पनि स्थगित गरिएको हो ।

पार्टीभित्रको विवाद समाधान गर्न अध्यक्षद्धय केपी ओली र पुष्पकमल दाहालबीच आज पनि बालुवाटारमा छलफल हुने बताइएको छ । हिजो पनि दुई नेताविच सहमति प्रयासका लागि छलफल भएपनि ठोस निस्कर्ष आउन सकेको छैन ।

सहमतिका आधार तय गर्न कार्यदल निर्माण गरिएको छ । कार्यदलमा ओली पक्षबाट महासचिव विष्णु पौडेल र प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल छन् ।

दाहालका तर्फबाट ऊर्जामन्त्री वर्षमान पुन र स्थायी कमिटि सदस्य जनार्दन शर्मा सदस्य छन् । दाहाल राजीनामा माग्ने र ओली प्रधानमन्त्रीबाट राजीनामा नदिने अडानमा रहेका कारण कुरा मिल्न सकेको छैन ।