एजेन्सी - जर्मन बुन्डेसलिगा फुटबलमा लिग लिडर बायर्न म्युनिख विजयी बनेको छ ।

कोरोना भाईरसको महामारीबीच जारी लिग अन्तर्गत मंगलबार राति बायर्नले चिर प्रतिद्वन्दी बोरुसिया डर्टमण्डलाई १-० गोल अन्तरले पराजित गरेको हो ।

उपाधिको दाबेदारमा बायर्नलाई टक्कर दिने क्लब डर्टमण्डको घरेलु मैदानमा बायर्नलाई जित दिलाउन जोसुवा किमिचले एकमात्र निर्णायक गोल गरे ।

उनले खेलको ४३ औं मिनेटमा गरेको गोलले बायर्नलाई जित दिलायो । जितसँगै बायर्नले उपाधि जित्ने सम्भावना थप बलियो बनाएको छ । बायर्नले डर्टमण्डविरुद्ध ७ अंकको दुरी बनाएको छ । बायर्नको २८ खेलबाट ६४ अंक रहेको छ । दोस्रो स्थानको डर्टमण्डको ५७ अंक रहेको छ ।