एजेन्सी - आर्सनलले लेस्टर सिटीलाई पराजित गरेको छ । बुधबार राति सम्पन्न कारबाओ कप अन्तर्गतको खेलमा आर्सनल २–० गोलले विजयी भएको हो ।

काराबाओको तेस्रो चरणको खेलमा आर्सनलको लागि दुवै गोल दोस्रो हाफमा भएको थियो । खेलको ५७ औं मिनेटमा लेस्टरका क्रिस्टियन फुचासले आत्मघाति गोल गरे । त्यस्तै, खेलको अन्तिम समयमा आर्सनलको लागि एडवार्ड निकिथयाले गोल गरे । 

अब अर्को चरणमा आर्सनलले लिभरपुल वा लिग वान क्लबको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।