काठमाडौं - गत वर्ष मी टु मुभमेन्टले संसारभर हंगामा पिट्यो । बलिउडमा पनि यसले ठूलो असर गर्याे। यसक्रममा केही ठूला स्टार पनि मी टु काण्डमा मुछिए । यसबारे अहिले आएर अभिनेत्री तापसी पन्नुले आफ्नो धारणा राखेकी छिन् । 

एसियन एजका अनुसार तापसीले मी टु मुभमेन्टबारे भनेकी छिन्, ‘त्यो समयमा मी टु मुभमेन्टका लागि बलिउड तयार नै थिएन, जतिवेला यो विस्फोट भयो ।’ उनले थपेकी छिन्, ‘यो रातारात बदलिँदैन, तर यसको मतलब हामीले छाड्नुपर्छ भन्ने होइन ।

किनभने, आउने पुस्ता पनि यसबाट गुज्रन्थे ।’ अहिले मुद्दा उठाउँदा आगामी पुस्ताले यस्तो अवस्था सामना गर्नुनपर्ने भएकाले यसलाई उनले सकारात्मक भनेकी छिन् । उनले भनेकी छिन्, ‘यही कारण हामी मजबुत हुन आवश्यक छ ।’ तापसी आउन लागेको फिल्म ‘मिसन मंगल’मा देखिँदै छिन् ।