काठमाडौं - पाकिस्तानी पूर्वप्रधानमन्त्री नवाज सरिफ उपचारका लागि बेलायत प्रस्थान गरेका छन् ।

भ्रष्टाचार मुद्दामा सात वर्षको जेल सजाय भोगिरहेका सरिफ अदालतले उपचारका लगि फुकुवा गरिदिएपछि मंगलबार लण्डनका लागि उडेका हुन् । पछिल्लो केही महिनादेखि सिकिस्त उनलाई चिकित्सककै सल्लाह वमोजिम उपचारका लागि विदेश जान फुकुवा भएको हो ।

उनलाई लिन लाहोर विमानस्थलमा एकाबिहानै दोहाबाट एयर एम्बुलेन्स आइपुगेको बताइएको छ । उनको यात्रा अवधिभर चिकित्सक टोली पनि विमानभित्रै रहनेछ । ६९ वर्षीय नवाजले चौधरी सुगरमिल्स काण्डमा भ्रष्टाचार गरेको मुद्दा खेपिरहेका हुन् । उनीसँगै उनकी छोरी मरियम पनि सोही मुद्दामा जेलमै छिन् ।