काठमाडौं - सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार दिएको अभिव्यक्तिको जवाफ मागिएको छ । भारतले आफूलाई हटाउन थालेको प्रधानमन्त्री ओलीको अभिव्यक्ति दिएपछि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेताहरु झलनाथ खनाल, माधवकुमार नेपाल, वामदेभ गौतम लगायतका नेताहरुले पुष्ति गर्न चुनौती दिएका हुन् ।

गत आइतबार पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले बालुवाटारमा मदन भण्डारी फाउण्डेशनले आयोजना गरेको कार्यक्रममा आफूलाई भारतले हटाउन थालेको र त्यसमा मुलुकभित्रैका केही नेताहरु पनि सक्रिय रहेको अभिव्यक्ति दिएका थिए । ओलीको यो अभिव्यक्तिको विपक्षी दलहरुसहित सत्तापक्षकै नेताहरुले आलोचना गरिरहेका छन् ।

मंगलबारको बैठकमा प्रधानमन्त्रीको अभिव्यक्तिले जनतामा निराशा पैदा गरेकोले त्यसको पुष्टि गर्न नेताहरुले चुनौती दिएका हुन् । प्रधानमन्त्रीले भनेको कुरा चानचुने नभएकोले त्यसको गम्भीर रूपमा छलफल हुनुपर्ने नेताहरुले माग गरेका छन्  ।