काठमाडौं - काठमाडौंको सानो भर्‍याङबाट १० लाख थान मास्कसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।

कालोबजारीविरुद्धको अपरेसन सञ्‍चालन गर्दै आएको महानगरीय अपराध महाशाखाको टोलीले बुधबार लुकाएर राखिएको अवस्थामा उक्त परिमाणको मास्क बरामद गरेको हो । पक्राउ पर्नेमा गोरखाका युवराज न्यौपाने रहेका छन् । 

महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सकुलबहादुर थापाका अनुसार कृत्रिम अभाव सिर्जना गर्ने तथा अत्यावश्यक वस्तु लुकाउनेहरुविरुद्ध प्रहरी टोली सक्रियताका साथ लागेको र गएराति उक्त टोलीले सुरज आर्केडबाट एक हजार ६०० थान स्यानिटाइजर तथा काठमाडौँ उपत्यकाका विभिन्न भागबाट १४ हजार थान मास्क बरामद गरेको छ ।

यद्यपी यससम्बन्धमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । यसअघि पनि प्रहरीले काठमाडौंको कपन र सतुंगलबाट करिब १० लाखभन्दा बढी मास्क बरामद गरेको थियो ।