काठमाडौं - नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा यस साता ३ वटा कम्पनीको शेयर सूचीकृत भएको छ । स्टकका अनुसार एउटा कम्पनीको मर्जर हुँदा कायम हुन आएको शेयर, एउटा कम्पनीको हकप्रद शेयर र विकास ऋणपत्र सुचिकृत भएको हो ।

नेपाल सरकारको तर्फबाट नेपाल राष्ट्र बैंकले निष्कासन गरेको २०८२ घ को ३५ अर्ब रूपैयाँ, २०८० घ को ३५ अर्ब रूपैयाँ र २०८१ घ को ३० अर्ब रूपैयाँ बराबरको विकास ऋणपत्र पनि नेप्सेमा यसै साता सुचिकृत भएको हो ।

शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको ३१ लाख ७१ हजार ९ सय ३२ कित्ता हकप्रद शेयर सूचिकृत भएको हो । यस्तै एनआरएन लघुवित्त वित्तीय संस्था लिमिटेडको एनआरएन लघुवित्त वित्तीय संस्था लिमिटेड, किसान माइक्रोफाइनान्स र दिव्य लघुवित्त वित्तीय संस्था लिमिटेड एक आपसमा गाभिँदा कायम हुन आएको ३९ लाख २८ हजार ८७ दशमलव ७५ कित्ता शेयर कारोबारको लागि सूचीकृत भएको हो ।