एजेन्सी - इङ्गलिश प्रिमियर लिगमा एस्टन भिल्लाले न्युक्यासल युनाइटेडलाई हराइदिएको छ । आईतबार राति भएको खेलमा एस्टनले न्युक्यासललाई २–० ले हराएको हो । एस्टनले दुबै गोल पहिलो हाफमै गर्‍यो।

३२औं मिनेटमा मध्यपंक्तिमा रहेका कोनोर होउरिहेनले फ्रिकिक मार्फत गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए ।

त्यसको चार मिनेटमै अनवर एल गाजीले एस्टनको अग्रता दोब्बर पारे । पछि दोस्रो हाफमा दुबै टोलीले गोल गर्न सकेनन् । योसँग भिल्लाको लगातार तीन हारको यात्रा रोकिएको छ । तर, रोचक के छ, भने भिल्ला अझै हार्ने टोली भन्दा एक स्थान मुनि छ ।

रेलिगेशन जोन भन्दा दुई स्थान माथि रहेको एस्टन भिल्लाले १३ खेलबाट १४ अंक जोड्दा न्युक्यासलको १५ अंक छ । न्युकासल भिल्ला भन्दा एक स्थानमाथि १४औं नम्बरमा छ ।