काठमाडौं - राष्ट्रिय सभा निर्वाचनका लागि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले उम्मेदवारको टुंगो लगाएको छ । शनिबार बिहान बसेको पदाधिकारी बैठकले राष्ट्रिय सभाका १४ उम्मेदवार तय गरेको हो ।

सभापति शेरबहादुर देउवाको निवासमा बसेको पदाधिकारी बैठकले प्रदेश ६ का दुई उम्मेदवारबाहेक अन्य प्रदेशको उम्मेदवारको टुंगो लगाएको हो ।

प्रदेश १ बाट दलितबाट निरबहादुर विश्वकर्मा, महिलामा मिना पुलामी मगर र अन्यमा राजेन्द्र घिमिरे उम्मेदवार बनाइएका छन् । प्रदेश २ बाट महिलामा नगिना यादव र अल्पसंख्यक अपाङ्गताको कोटामा भोला पन्जियारले टिकट पाएका छन् । दलित र अन्य पदमा भने कांग्रेसले समाजवादी पार्टीलाई सघाउने भएको छ ।

प्रदेश ३ मा महिलाबाट छलीकुमारी शर्मा उपाध्याय र अन्यमा हरिशरण श्रेष्ठले टिकट पाएका छन् । यस्तै, गण्डकी प्रदेशबाट अन्यमा सूर्यप्रसाद रेग्मी र महिलामा विमला गौचन तथा प्रदेश ५ बाट अन्यमा बालकृष्ण पाण्डे, महिलामा गिरिजा न्यौपाने र अल्पसंख्यंक–अपांगता कोटामा मेराज हलवाई उम्मेदवार बनाइएको कांग्रेसले जनाएको छ ।

प्रदेश महिलाबाट तुलसी देवकोटा र अन्यबाट प्रताप ठगुन्नालाई उम्मेदवार बनाउने निर्णय भएको छ ।