काठमाडौं - प्रतिनिधि सभामा सभामुख चयनका लागि आज निर्वाचन हुँदैछ ।

सभामुख चयनको प्रक्रिया अगाडि बढाउन संघीय संसद् भवनमा अपराह्न ३ बजे प्रतिनिधि सभा बैठक डाकिएको छ ।

सभामुखमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का तर्फबाट स्थायी समिति सदस्य अग्निप्रसाद सापकोटाको एकल मनोनयन परेको छ । 

सापकोटाको मात्र एकल मनोनयन परेकाले प्रतिनिधि सभा नियमावलीको व्यवस्था अनुसार उनी निर्वाचित हुनेछन् ।  

गोरखापत्र दैनिकबाट