नयाँदिल्ली - भारतको नयाँदिल्लीमा १४ वर्षीया नेपाली बालिका बलात्कृत भएकी छिन् । सुदूरपश्चिमको डोटी घर भएकी १४ वर्षीय बालिकालाई उनका बुवाले काम गर्ने ठाउँमा बलात्कार गरिएको हो । 

दिल्ली पुलिसमा कार्यरत दलविर सिंहका ३३ वर्षीय छोरा पंकज सिंहले आइतवार बलात्कार गरेको जनाइएको छ । अभियुक्त पंकज सिंह विवाहित रहेको र उनका २ छोराछोरी समेत रहेका छन् ।

नेपाली जनसम्पर्क समिति र माइती इन्डियाको संयुक्त टीमले मेहरौली थानामा पुगेर अभियुक्तविरुद्ध उजुरी दिएको छ । बालिकालाई मेडिकल जाँचका लागि अस्पतालमा लगिएको र सरकारी अस्पतालमा बलात्कार प्रमाणित भएको छ ।

आवश्यक अन्य कारवाही तथा पीडितको न्यायको लागि समाजसेवी बालकृष्ण पाण्डेको नेतृत्वमा पहल भइरहेको जनाइएको छ ।