काठमाडौंं, एजेन्सी - गत जुनमा सुशान्त सिंह राजपूतले मुम्बईस्थित आफ्नो फ्ल्याटमा झुण्डिएर आत्महत्या गरेपछि बलिउडमा ड्रग्स सेवनको विषय सतहमा आएको छ ।

सुशान्त आत्महत्या प्रकरणमा मुख्य रुपमा जोडिएकी उनकी प्रेमिका रिया चक्रवर्तीसँगको सोधपुछपछि रकुल प्रीत सिंह, सारा अली खान, श्रद्धा कपुर र दीपिका पादुकोण पनि सो केसमा तानिएका छन् ।

यसै विषयमा एनसीबीले आज दीपिका पादुकोण, श्रद्धा कपुर र सारा अलि खानसँग सोधपुछ गर्दैछ।

सुशान्तकी प्रेमिका रिया चक्रवर्ती ड्रग्सको मुद्दामा जेलमा छन् । उनीविरुद्धको छानविन जारी छ । यसैविच, ड्रग्सको मुद्दामा छानबिन गरिरहेको नारकोटिक्स कन्ट्रोल ब्यूरोले उक्त तीन जना बलिउडकर्मीलाई सोधपुछका लागि बोलाएको छ ।