एजेन्सी - कोरोना संक्रमणले रियल म्याड्रिडका पूर्व अध्यक्ष लोरेन्जको सान्जको ७६ वर्षको उमेरमा निधन भएको छ ।

लोरेन्जोका छोरा फर्नान्डो सान्जले शनिबार आफ्ना बाबुको निधन भएको पुष्टि गरेका हुन् ।

रियल म्याड्रिडले पनि यस विषयमा विज्ञप्ती निकालेको छ । ‘रियल म्याड्रिड क्लब, यसका अध्यक्ष र सञ्चालक समितिका सदस्यहरु लोरेन्जो सान्जको निधनबाट दुखित छौं,’ विज्ञप्तीमा भनिएको छ । रियलले परिवार र समर्थकलाई दुःखको घडीमा धैर्यधारण गर्न आग्रह गरेका छ ।

सान्ज सन् १९९५ देखि २००० सम्म रियलको अध्यक्ष थिए । सान्जकै कार्यकालमा रियलले आफ्नो गुमेको साख उकास्दै आफुलाई फेरि विश्वको ठूलो क्लबका रुपमा स्थापित गरेको थियो ।

उनकै कार्यकालमा युरोपेली कपको ३२ वर्षे खडेरी अन्त्य गर्दै रियलले १९९८ मा युभेन्टसलाई फाइनलमा हराएर च्याम्पियन्स लिग जितेको थियो । दुई वर्षपछि फेरि अर्को उपाधि आफ्नो नाममा लेखायो ।