काठमाडौं - उदयपुरमा स्कारपियो दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ ।

गए राति सिद्धिचरण लोकमार्ग अन्तर्गत कटारी नगरपालिका-१४ भदौरेमा भैरहवाबाट ओखलढुंगातर्फ जाँदै गरेको बा २० च ७१७१ नम्बरको स्कारपियो दुर्घटनामा परेको हो । स्कारपियो सडकबाट करिब ९०० मिटर तल खसेको छ ।

दुर्घटनामा मृत्यु भएकामध्ये ओखलढुंगा मानेभञ्ज्याङ–९ का ३० वर्षीय रामबहादुर सार्की र २६ वर्षीय कर्णबहादुर सार्कीको मात्र पहिचान खुलेको छ । मृतक अन्य तीन जनाको पहिचान हुन बाँकी रहेको प्रहरीले बताएको छ ।

यस्तै, दुर्घटनामा ओखलढुंगाको मानेभञ्याङ–९ की २८ वर्षीय कुमारी सार्की, २२ वर्षीया कल्पना सार्की र स्कारपियो चालक रुपन्देही मधुवलिया–४ का २८ वर्षीय पवन खड्का गम्भीर घाइते भएका छन् । घाइतेको कटारी अस्पतालमा उपचार भइरहेको बताइएको छ ।