काठमाडौं - आज (शुक्रबार) नेपाली बजारमा सुनको मूल्यमा सामान्य वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार बिहीबार प्रतितोला ७५ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबार प्रतितोला २ सयले बढ्दै ७५ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै आज तेजावी सुन प्रतितोलामा ७४ हजार ९०० मा कारोबार भएको छ ।

यस्तै शुक्रबार चाँदीको मूल्य भने स्थिर रहेको छ । बिहीबार ८८५ रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार पनि सोही मूल्यमा कारोबार भएको महासंघले जनाएको छ ।