काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीका नामबाट खोलिएको वेबसाइट दुरुपयोग भएको छ ।

उक्त साइटमा 'पोर्न' भिडियो कहाँबाट कसले अपलोड गन्यो भन्ने खुल्न सकेको छैन। केपीशर्माओलीडटकम (kpsharmaoli.com) मा अश्लील सामग्री राखिएकोबारे सरकारले अनुसन्धान तीव्र बनाएको छ ।

शुरूमा प्रधानमन्त्री ओलीको व्यक्तिगत जानकारी समेटिएको वेबसाइट लामो समयदेखि दुरुपयोग भएको पाइएको छ । सरकारले दुई वर्षअघि पोर्न साइटलाई प्रतिबन्ध लगाएको थियो।

प्रधानमन्त्रीकै नामको डोमेनमा भने सयौं पोर्न भिडियो अपलोड भएका छन्। 

अन्नपूर्ण पोस्टबाट