काठमाडौं - काठमाडौंको चन्द्रागिरि नगरपालिकामा एक बालिकाको बलात्कार भएको छ । सोमबार साँझ साढे ६ बजेतिर चन्द्रागिरि– २ बसुण्डोलकी १४ वर्षीया बालिकामाथि बलात्कार भएको हो ।

बलात्कारको आरोपमा एक जना पक्राउ परेका छन् । हुम्ला ताजाकोट गाँउपालिका– २ घर भई सोही ठाउँ बस्ने २३ वर्षीय सुरेश लोहारलाई प्रहरीले पक्राउ गरेको हो । लोहारले बालिकालाई भेट्न बोलाएर जबरजस्ती करणी गरेको प्रहरीको भनाई छ ।

महानगरीय प्रहरी वृत्त, थानकोटमट खटिएका प्रहरीले उक्त युवकलाई घटना भएको केही समयमै पक्राउ गरेको हो । घटनाको बारेमा प्रहरीले अनुसन्धान अघि बढाएको छ ।