काठमाडौं,एजेन्सी - न्युजिल्याण्डकी प्रधानमन्त्री जेसिडा अर्डर्नले विवाह गर्ने भएकी छन् । उनले आफ्नो प्रेमी होस्ट क्लार्कसँग विवाह गर्न लागेकी हुन् । क्लार्क टेलिभिजन होस्ट हुन् ।

उनीहरुको दुई वर्षकी छोरी छिन् । एक मिडियासँगको अन्तर्वार्ताका क्रममा उनले विवाह गर्न लागेको बताएकी हुन् । उनले यस वर्षको अन्त्यतिर विवाह गर्ने तयारी गरेको बताएकी हुन् ।

तर, उनले मिति भने फिक्स नभएको बताएकी छन् । उनीहरु लामो समयदेखि प्रेम सम्बन्धमा रहेका छन् । अन्ततः विवाहका लागि समय निकाल्न लागेको उनले बताएकी हुन् ।