काठमाडौं - नेपाल वायुसेवा निगमले ७० वर्ष नाघेका ज्येष्ठ नेपाली नागरिकलाई आन्तरिक उडानको भाडामा ५० प्रतिशत छुट दिने व्यवस्था गरेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईले गरेको घोषणाअनुसार निगमले ज्येष्ठ नागरिकलाई सो छुट दिने व्यवस्था गरेको हो ।

निगमका सह–प्रवक्ता सुलेख मिश्रले बुधबार एक विज्ञप्ति जारी गर्दै उक्त छुट दिने व्यवस्था गरेको जनाइएको छ । सो छुट बुधबारदेखि नै लागू हुने विज्ञप्तिमा जनाइएको छ ।

संस्थागत सामाजिक उत्तरदायित्वलाई कार्यरूप दिन निगमले यसअघि क्यान्सर पीडित बिरामीहरूलाई निशुल्क र छुटका टिकट उपलब्ध गराउँदै आएको थियो ।