काठमाडौं - जाडोयाममा रुघाखोकीले अति सताउँछ । संक्रमित व्यक्तिले खोक्दा, हाछ्युँ गर्दा, बोल्दा मुखबाट निस्कने कीटाणु हावाका माध्यमबाट वातावरणमा फैलिन्छ ।

मौसमी रुघाखोकीकै कारण मानिसको रोगप्रतिरोधात्मक क्षमता कम हुन्छ । त्यसमा पनि बालबालिका, गर्भवती र वृद्धवृद्धा छिटो संक्रमिण हुन्छन् । रुघाखोकीलाई समयमै नियन्त्रण गर्नुपर्छ । सामान्य सम्झेर बेवास्ता गरे इन्फ्लुएन्जाका कारण जटिल समस्यासमेत पैदा हुन सक्छ ।

- वायु प्रदूषणका कारण ब्याक्टेरिया, भाइरस आदि फैलने भएकाले बाहिर भिडभाडमा हिँड्दा मास्क लगाऔँ । 

-प्रशस्त मात्रामा फलफूल र झोलिलो खानेकुरा खाऔँ । 

 -खाना खानुभन्दा अघि साबुनपानीले राम्ररी हात धुने गरौँ ।

- चिसोबाट बच्ने बहानामा धेरैजना एकै ठाउँमा बसे थप संक्रमण हुन्छ । तसर्थ, खुला स्थानमा बसौँ । 

- सम्भव भएमा चुरोट पिउने बानी हटाऔँ । धुवाँ–धुलोबाट बचौँ । 

- दैनिक शारीरिक व्यायाम गरौँ ।

- हरियो सागपात र फलफूल खाऔँ । चिसो तथा चिसो हावाबाट बच्ने प्रयास गरौँ ।

 -सरसफाइमा बढी ध्यान दिऔँ ।