संखुवासभा - संखुवासभाको चिचिला गाउँपालीका(१ मा बिहीबार बिहान ट्याक्टर दुर्घटना भएको छ ।

प्रहरीले उक्त ट्याक्टर दुर्घटनामा परी चालकको घटनास्थलमै मृत्यु भएको जनाएको छ । दुर्घटनामा परी भोटखोला गाउँपालीका-५ का चालक २२ वर्षीय मनोज तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

सदरमुकाम खाँदवारीबाट मकालुको नुमतर्फ सामान लिएर गइरहेको ग १ त ४१६४ नंम्वरको ट्याक्टर दुर्घटना भएको थियो । ट्याक्टर कुवापानीमा अनियन्त्रित भई सडकबाट १ सय मिटर तल खसेको थियो ।