काठमाडौं, सुर्खेत - नेपाली कांग्रेसले कर्णाली प्रदेशमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई समर्थन गर्ने भएको छ । 

नेपाली काँग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले मुख्यमन्त्रीको पक्षमा आफूहरुले मत दिँदैमा विश्वासको मत नपुग्ने भनेर जान्दा जान्दै पनि आफूहरुले पक्षमै मत दिने निर्णय लिएको जानकारी दिए । 

यसअघि मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेशसभा बैठकमा सरकारलाई विश्वासको मत दिन प्रदेशसभा सदस्यहरुसमक्ष आग्रह गरेका थिए ।