काठमाडौं  - डिसेम्बर २० मा रिलिज हुने ‘दबंग ३’ को फस्टलुक सार्वजनिक भएको छ । ‘दबंग’को दुई सिक्वेलको सफलतापछि तेस्रो सिक्वेलको फस्टलुक सार्वजनिक गरिएको हो ।

सलमान खान पुनः एकपटक ‘चुलबुल पाण्डे’को भूमिकामा देखा पर्दैछन् । फिल्मलाई प्रभु देवाले निर्देशन गरेका छन् । फिल्ममा सलमान खान, अरवाज खान र निखिल द्वीवेदीको लगानी रहेको छ ।

फिल्ममा सलमानको साथै सुदीप, सोनाक्षी सिन्हा, सई मञ्जेकर, अरवाज खान लगायतका कलाकारहरुको अभिनय रहेको छ ।