काठमाडौं - केही समय अघि नागरिकता वा जन्म मिति खुल्ने कागजात नभइ विवाह नगराउन पण्डितलाइ उर्दी जारी गरेकाे समाचार बाहिर आएको थियो। 

त्यसैगरि, नेपालकाे पूर्वी जिल्ला उदयपुरमा केही दिनयता छापिएका विवाहका कार्डमा दुलाहा र दुलहीको जन्ममिती राख्न थालिएको छ । विवाहको कार्ड छाप्दा छापाखानाले विवाह हुने युवा युवतीको जन्मदर्ता वा नागरिक्ता हेरेर जन्ममिती खुलाउन थालेका छन् ।

नेपालको कानुनमा वालविवाहलाई दण्डनिय अपराधका रुपमा राखेर “विहेवारी २० वर्षपारी” भन्ने अभियान चलाईएको छ । तर पनि वालविवाहका घटना अझै बेलाबेला भईरहेकाछन् । यस्तै अवस्थालाई मध्यनजर गर्दै उदयपुर प्रहरीको सकृयतामा दुलहा र दुलहीको उमेर एकिन गर्न विवाहको निम्तो कार्डमै उमेर खुलाउनुपर्ने व्यवस्था सुरु गरेकाे छ।