एजेन्सी - कोरोना भाइरस (कोभिड १९)ले विश्वमा त्रास फैलाइरहेको छ । चीनको हुवेई प्रान्तस्थित वुहान शहरबाट उत्पत्ति भएको भाइरस विश्वमै फैलिएको छ ।

यस भाइरसका कारण जनजीवन प्रभावित हुनुका साथै विश्वकै अर्थतन्त्रमा प्रतिकुल असर पुर्याएको छ । विश्वमा लाखौं मानिसले यस भाइरसका कारण अकालमै ज्यान गुमाएका छन् ।

यो समाचार तयार पार्दासम्म विश्वमा २८ लाख २६ हजार ६ सय ७४ जनामा कोरोनाको संक्रमण रहेको छ ।१ लाख ९६ हजार ९ सय ७२ जनाले यस भाइरसका कारण ज्यान गुमाएका छन् । ७ लाख ८१ हजार २ सय २५ जना निको भएका छन् ।

यस भाइरसले सबैभन्दा बढी अमेरिकामा प्रभावित बनाएको छ । अमेरिकामा ९ लाख २३ हजार ६ सय १२ जनामा कोरोनाले संक्रमण गराएको छ ।

५२ हजार ९२ जनाको ज्यान गएको छ भने ९३ हजार ४ सय ४ जना पूर्ण रुपमा निको भएका छन् । अन्य केही राष्ट्रहरुको अवस्था तल तालिकामा हेर्न सकिन्छ ।