काठमाडौं - भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले कुनै एजेण्डा र विजनेश नभएकाले अधिवेशन अन्त्य भएको दाबी गरेकी छन् ।

९८ औं अन्तर्राष्ट्रिय सहकारी दिवसका अवसरमा शनिबार आयोजित एक कार्यक्रममा मन्त्री अर्यालले संसद कहिले सुरु गर्ने, कहिले अन्त्य गर्ने, संसदलाई के विजनेस दिने भन्ने कुरा सरकारको भएको भन्दै नेकपाको स्थायी समितिका एजेण्डासँग कुनै पनि हालतमा मेल नखाने बताएकी हुन् ।

‘हामीले बजेट ल्याउनुपर्ने थियो, त्यसैले महामारीमा पनि अधिवेशन बोलायौँ । बजेट पास भयो । केही विधेयकहरु छलफल गर्नुपर्ने थिए सहमति जुटेन विजनेश थिएन ।' उनले भनिन्, 'संसद भनेको रत्यौली खेल्नका लागि चलाइरहने संस्था होइन। त्यसैले सरकारले रोक्यो ।'

मन्त्री अर्यालले पछिल्ला घटनाक्रमहरुले विकास निर्माणका काममा अवरोध पुयाएको पनि बताइन् । विकास निर्माणका क्षेत्रमा सरकारले गरेका कामहरुको परिणाम देखिने समयमा अहिलेको परिस्थितिले ‘डिस्र्टब’ गरेको उनको भनाइ थियो ।