कन्चनपुर - कञ्चनपुरमा दुई सयभन्दा बढी छाउगोठ भत्काइएको छ ।

गृहमन्त्रालयको निर्देशनपछि जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय र जनप्रतिनिधिको संयुक्त टोलीले छाउगोठ भत्काउने अभियान अन्र्तगत कञ्चनपुरमा दुई सय २० वटा छाउगोठ भत्काएको हो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार सबैभन्दा बढी बेदकोट नगरपालिका र पुर्नवास नगरपालिकामा छाउगोठ भत्काइएको छ ।

स्थानीय, सुरक्षा निकाय, जनप्रतिनिधिको सहभागीतामा जिल्लाभरीका दुई २० छाउगोठ भत्काइएको कञ्चनपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक मुकुन्द मरासैनीले जानकारी दिए ।

उनले अभियानको पहिलो चरणमा छाउगोठहरु भत्काउने काम सम्पन्न भएको बताउँदै फेरि पनि छाउगोठ बनाएको भेटिए कानुनी कारवाही गरिने बताए ।

कञ्चनपुरमा यसअघि पनि गैरसरकारी संघसंस्थाले छाउगोठ भत्काउने अभियान चलाएका थिए ।

यस्तै कतिपय वडा कार्यालयले छाउपडीमुक्त वडा घोषणा गर्दै छाउगोठमा बस्नेलाई सेवा सुविधामा रोक लगाउने निर्णय गरेका छन् ।