काठमाडौं - प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस संसदीय दलले निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले कर्मचारीलाई प्रयोग गरेको भाषाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

आइतबार एक प्रेस विज्ञप्ती निकाल्दै बाँस्कोटाले सेक्युरिटी प्रेस खरिद प्रक्रियाका लागि कमिसन ‘डिल’ गर्ने क्रममा कर्मचारीहरुलाई अश्लिल शब्द प्रयोग गरेकोमा आपत्ती जनाएको हो ।

कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँणद्वारा जारी विज्ञप्तीमा भनिएको छ, ‘गरिमामय पदमा रहेर अत्यन्तै अमर्यादित, अशोभनीय एवं आपत्तिजनक भाषा प्रयोग गर्नु निन्दनीय एवं लज्जास्पद विषय हो,’ विज्ञप्तिमा भनिएको छ, 'राष्ट्रसेवक कर्मचारीलाई बाँस्कोटाको बोलीले आघात पुगेको कांग्रेसको ठहर छ।

यस प्रकारको क्रियाकलापले गर्दा राष्ट्रसेवक कर्मचारीलाई पर्न गएको आघातप्रति नेपाली कांग्रेस संसदीय दल घोर भत्र्सना गर्दछ विज्ञप्तीमा भनिएको छ ।