काठमाडौं - सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले र प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् ।

अध्यक्ष प्रचण्ड सभापति देउवालाई भेट्न सोमबार बिहान देउवा निवास बुढानिलकण्ठ निवास पुगेका थिए । अध्यक्ष प्रचण्ड यसअघि गत मंसिरमा समेत देउवालाई भेट्न उनकै निवास पुगेका थिए ।

त्यतिबेला सत्तारुढ र प्रतिपक्षी दलका नेताबीचको भेटघाटलाई शिष्टाचार भेटको संज्ञा दिइएको थियो । आजको भेटमा भने दुई नेताबीच समसामयिक राजनीतिक विषयमा छलफल भएको जनाइएको छ ।

दुई नेताबीचको भेटमा सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता छानविन आयोगलाई पूर्णता दिनेलगायत विषयमा छलफल भएको स्रोतले बताएको छ ।