काठमाडौं - नेपालको औपचारिक सद्भावना भ्रमणमा आएका बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदले आज अपराह्न भक्तपुर दरबार स्क्वायरको भ्रमण गरेका छन् ।

 यहाँ आइपुग्दा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले राष्ट्रपतिको टोलीलाई स्वागत गरेका थिए। 

राष्ट्रपतिले भक्तपुर दरबार स्क्वायरका मन्दिर तथा कलाकृतिको सूक्ष्म अवलोकन गरे । राष्ट्रपति हमिद आजै अपराह्न चारदिने भ्रमणका लागि काठमाडौँ आइपुगेका हुन् ।