काठमाडौं - बलिउड अभिनेत्री कियारा आडवाणी एक टपलेस फोटो सुटका कारण चर्चाको विषय बनेकी छन् । फोटोग्राफर डब्बु रत्नानीको क्यालेन्टरका लागि उनले उक्त टपलेस फोटो सुट गराएकी हुन् । तस्बिरमा उनले आफ्नो गोप्य अंग एउटा ठुलो पातले छोपेकी छन् । 

तस्बिरमा कियाराको कपाल पनि निकै सुन्दर देखिएको छ । उनको यो तस्बिर केही फ्यानले निकै रुचाएका छन् भने केहीले मन नपरेको प्रतिक्रिया दिएका छन् । उनको तस्बिरलाई लिएर केही ट्रोल समेत बनेका छन् ।

अभिनेत्री कियारा छिट्टै ‘लक्ष्मी बोम्ब’ मा देखिदैछिन् । यो फिल्ममा उनी अभिनेता अक्षयकुमारको अपोजिटमा देखिन लागेकी हुन् ।यसको अलवा उनी ‘शेरशाह’, ‘भुल भुलैया २’, ‘इन्दू की जवानी’मा पनि देखिँदै छिन् ।