काठमाडौं,एजेन्सी - कोरोना संक्रमण बढेसँगै भारतको दिल्लीमा विकेण्ड कफ्र्युको घोषणा भएको छ । यो विकेण्ड कफ्र्यु शुक्रबार राति १० बजेदेखि सुरु भएर सोमबार बिहान ६ बजेसम्म जारी रहनेछ ।

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले विहीबार दिउँसो एक कन्फ्रेन्समार्फत नयाँ प्रतिबन्धको घोषणा गरेका हुन् । 

यो निर्णय दिल्लीमा मात्रै एकैदिन १७ हजारभन्दा बढी कोरोना संक्रमित थपिएपछि घोषणा गरिएको हो । यो हालसम्मकै सबैभन्दा बढी संक्रमित थपिएको रेकर्ड हो । 

मुख्यमन्त्री केजरीवालले उक्त समयमा अत्यावश्यक कुराहरुको सुविधा भने यथावत रहने बताएका छन् ।