काठमाडौं - शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दिप प्रकाश पाण्डे पुनः नियूक्ति हुनको लागि चलखेल सुरु गरेका छन् । 

उनको यस अघिको नियूक्ति गैरकानुनी भएको भन्दै राष्ट्रिय सतर्कता केन्द्रले छानबिन गरिरहेको छ । उनको अन्तिम पटकको कार्यकाल सकिन करिब एक महिना मात्र बाँकी छ । शक्ति केन्द्र रिजाउन सिपालु पाण्डे शिखर इन्स्योरेन्सकाे स्थापना कालदेखि नै नेतृत्वमा छन् ।

 एउटा कम्पनीमा एक व्यक्ति दुई कार्यकाल भन्दा बढि प्रमुख कार्यकारी अधिकृत बन्न नपाउने कानुनी व्यवस्था छ । तर विडम्बना हाम्रो देशमा शक्ति हुनेलाई कानुन नै संसोधन गर्न सक्छ ।  तर अहिले भने त्यति सजिलो छैन । पुनः नियूक्तिको कुनै सम्भावना छैन सपना मात्र हो  ।

खबर एक्सप्रेसलाई आएको जानकारी अनुसार सिईओ पाण्डे पुनः नियुक्ती हुन कम्पनी सञ्चालक समितिको बैठकको निर्णय गरि अनुमति माग गर्दै बीमा समितिमा निवेदन दिएको जानकारी खबर एक्सप्रेस लाई प्राप्त भएको छ ।

के उनलाई कानुन विपरित सधै प्रमुख कार्यकारी अधिकृत बन्न छुट छ ? राष्ट्रिय सतर्कता केन्द्रले गरेको छानबिन के भैरहेको छ ?  कम्पनी स्थापन देखी एउटै व्यक्त नेतृत्वमा कसरी ?

 यस बिषयमा खबर एक्सप्रेसले विशेष रिपोर्ट तयार पार्नेछ   ।