काठमाडौं - साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले सरकार विचौलियाको खल्तीमा रहेको आरोप लगाएका छन् । २० दिनदेखि सत्याग्रहमा रहेका ईको मागलाई सरकारले बेवास्ता गरेकोमा आक्रोश व्यक्त गर्दै मिश्रले यस्तो प्रतिक्रिया दिएका हुन् ।

शुक्रबार एक ट्वीट सन्देशमा मिश्रले प्रश्न गरेका छन्, ‘कहाँ छ सरकार ? सरकार सिंहदरबार होइन, बालुवाटार र खुमलटारमा छ । मधेस र पहाडका झुपडीमा होइन, विचौलियाको खल्तीमा छ । थाहा छैन ?’

उनले अबको चुनावपछि सरकार देखाइदिने चुनौती पनि दिएका छन् । ‘दशौँ लाख जनताको मुटुमा छ । २० दिन नखाई बस्ने एकजनाको सत्याग्रहमा छैन भनेर यत्रो कोकोहोलो ? अबको चुनावमा सरकार कहाँ छ, फेरी देख्नु होला । अलि धैर्य गर्नुहोला ।’

जनस्वास्थ्यका लागि जीवन दाउमा राखेर सत्याग्रहमा होमिएका युवा ई दोस्रोपटक अनसनमा बसेको २० दिन पुगिसकेको छ ।