धनुषा - प्रदेश २ सरकारले आइतबार सार्वजनिक बिदा दिएको छ । मुस्लिम धर्मालम्बीहरुको धर्म प्रवर्तक मोहम्मद पैगम्बर सल्लाह अलैवसल्लामको जन्मजयन्तीको अवसरमा प्रदेश सरकारले कात्तिक २४ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो । 

मोहम्मद पैगम्बरको १४३९औँ जन्मजयन्तीको अवसरमा प्रदेश, देश तथा विदेशमा रहेका सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरुमा शुभकामना व्यक्त गर्दै बिदा दिने निर्णय भएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ ।

आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द् कुमार यादवले हस्ताक्षर गर्नु  गर्नुभएको विज्ञप्तिमा लेखिएको ५, ‘मोहम्मदको जन्मदिनमा विभिन्न नाअत शरिफ वाचन गर्ने तथा उनका उपदेश र वाणीहरुको स्मरण गर्ने यस पर्वले हामी सबैमा सुशासन सहितको समाजिक विकासमार्फत समृद्ध प्रदेश स्थापना गर्न प्रेरणा मिलोस भन्ने कामना गर्दछु ।’