एजेन्सी - टर्कीले गैरकानूनीरूपमा इस्तानबुल हुँदै यूरोप तथा अमेरिका जान लागेका १६ हजारभन्दा बढी आप्रवासीलाई स्वदेश फिर्ता गर्ने जनाएको छ ।

सुरक्षाकर्मीले पक्राउ गरेका आप्रवासीमध्ये चार हजार पाँच सयजना सिरियाली नागरिक रहेका अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । उनीहरूसँग कुनै किसिमको औपचारिक कागजात नरहेकोले सबैलाई विभिन्न प्रान्तका अस्थायी शरणार्थी शिविरमा पठाइएको छ ।

सरकारले समातिएका आप्रवासीलाई स्वदेश फर्किनका लागि आगामी अक्टोबर ३० सम्मको समय दिएको एक सिरियाली गैरसरकारी संस्थाले जनाएको छ । टर्कीले यसअघि अगस्ट २० सम्ममा सिरियाली शरणार्थीलाई स्वदेश फिर्ता हुन आग्रह गरेको थियो ।

इस्तानबुलमा १० लाख ६ हजार शरणार्थी रहेको बताइएको छ । जसमध्ये पाँच लाख ७० हजार शिरियाली शरणार्थी छन् । टर्कीका अन्य शहरहरू अंकारा र बुर्सामा पनि शरणार्थीको भीड बढेको भन्दै सरकारले इस्तानबुलमा जस्तै कारबाही गर्ने तयारी गरेको समाचारमा जनाइएको छ ।