काठमाडौं - शताव्दी पुरुष सत्यमोहन जोशीले १०० वर्ष पूरा गरेरे १०१ वर्षमा लागेका छन् । नेपाली कला, सँस्कृति र साहित्यमा योगदान गरेका जोशीले आज एकसय वर्ष पूरा गरी १०१ वर्षका भएका हुन् ।

जोशी गत वर्ष एक सय वर्ष पुग्दा ललितपुर महानगरपालिकाले सार्वजनिक विदा दिएको थियो । साथै महानगरपालिकाले एक वर्षभर विभिन्न कार्यक्रम गरी जन्मशताव्दी मनाउने निर्णय गरेको थियो । तर लकडाउनका कारण औपचारिक कार्यक्रम स्थगित गरिएका छन् ।

यसैबीच जोशी १०१ वर्ष पुगेको अवसरमा नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरीले शुभकामना दिएका छन् । उनले ट्वीटरमार्फत् जोशीको सुस्वास्थ्यको कामना गर्दै जोशीलाई महान नेपाली लेखक र जीवित साँस्कृतिक आइकनको उपमा दिएका छन् ।