काठमाडौं - यस वर्षको तिहारमा कुकुर तिहार र लक्ष्मीपूजा एकै दिन परेको पाञ्चांग निर्णायक समितिले जनाएको छ । समितिले सोमबार एक प्रेस विज्ञप्ति जारी गरी  कात्तिक १० गते कुकुर तिहार र लक्ष्मीपूजा परेको जानकारी दिएको हो ।

कात्तिक ८ गतेदेखि सुरु हुने तिहारको पहिलो दिन यमदीपदान, कात्तिक ९ गते शनिबार कागतिहार परेको छ ।

त्यस्तै कात्तिक ११ गते गाईगोरु पूजा, म्हपूजा पर्ने भनिएको छ ।