काठमाडौं - प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि केन्द्रित गरेर आगामी आर्थिक वर्षको बजेट विनियोजन गर्न  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई निर्देशन दिएको छ ।

समितिको आजको बैठकले मदिरा तथा सुर्तीजन्य पदार्थमा कर बढाउन र बढाएको करबाट उठ्ने राजश्व स्वास्थ्य क्षेत्रमा केन्द्रित गरी लगानी गर्न सरकारलाई सुझाव दिएको सभापति जयपुरी घर्तीले जानकारी दिइन् ।

बैठकले समितिको वार्षिक प्रतिवेदन पारित गरेको छ । समितिले मदन भण्डारी विश्वविद्यालय विधेयक, केही शिक्षासम्बन्धी संशोधन गर्न बनेको विधेयकलगायत चार विधेयक पारित गरेको छ । समितिको वार्षिक प्रतिवेदन केही समयपछि सदनमा प्रस्तुत हुनेछ ।