गोरखा - गोरखामा कोरोनाबाट मरेकाको शव १२ घण्टापछि अन्त्येष्टि भएको छ । स्थानीयबासीको दिनभरको अवरोधपछि नेपाली सेनाको विशेष टोलीले सहिद लखन गाउँपालिका १ लुदीखोलाघाटमा अन्त्येष्टि गरेको हो ।

कोरोना फैलने भन्दै स्थानीय समुदायले अवरोध गर्ने क्रममा पटकपटक झडप भएको थियो । स्थानीयबासीले अन्त्यष्टी गर्ने घाटसम्म जाने बाटोमा ह्युमपाइप तेस्र्याएर अवरोध गरेका थिए । सडक सुचारु गर्न खोज्ने प्रहरीमाथि स्थानीयबासीले ढुङ्गामुढा गरेका थिए भने भीड नियन्त्रण गर्न प्रहरीले लाठी चार्ज र सात सेल अश्रुग्यास प्रहार गरेको थियो । 

गत मंगलबार कतारबाट घर फर्केका पालुङ्टार नगरपालिका ७ पुर्नेपिपलका ४४ वर्षीया पुरुषको शनिबार बिहान पाँच बजे गोरखा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो ।