काठमाडौं - १३ औं दक्षिण एसियाली खेलकुद ९साग० को महिला क्रिकेटमा तीब्र गतिकी बलर अन्जली चन्दले विश्वकीर्तिमान बनाएकी छिन् । उनले टि-२० अन्तर्राष्ट्रिय महिला क्रिकेटमा अद्भूत प्रदर्शन गर्दै विश्व कीर्तिमान राखेकी हुन् ।

अन्जलीले ४ ब्याटम्यानलाई क्याचआउट र २ लाई बोल्ड आउट गरिन् । उनले २.१ ओभरमा २ मेडन कुनै रन नदिइ ६ विकेट लिइन् । उनको शानदार प्रदर्शनमा माल्दिभ्स १०.१ ओभरमा १६ रनमा अल आउट भएको छ । नेपालका लागि करुणा भण्डारीले २ विकेट हात पारिन् ।

नेपालको घातक बलिङका कारण माल्दिभ्सका ९ जना खेलाडीले खाता खोल्न सकेनन् । माल्दिभ्सका लागि हफ्सा अफ्सा अब्दुल्लाले ४ र हामना नियाजले ९ रन जोडे ।

यो विश्व टि ट्वान्टी वोमनमा हालसम्मकै सर्वोउत्कृष्ट प्रर्दशन हो । यस अघि मलेसियाकी मास अलिसाले ४ ओभरमा १ मेडन सहित ३ रन खर्चेर ६ विकेट लिइकी थिइन् ।