काठमाडौं - बलिउडमा अभिनेता अजय देवगन र निर्देशक रोहित सेट्टीको मित्रता निकै निकट रहेको छ ।

मिडिया रिपोर्टका अनुसार उनीहरु गोलमाल ५ को तयारीमा रहेका छन् ।

यसअघिका गोलमाल सेरिजले बक्स अफिसमा दमदार कमाइ गर्न सफल भएका थिए । मिडिया रिपोर्टका अनुसार यो फिल्मलाई आउने वर्ष रिलिज गर्ने तयारी गरिएको छ । अर्सद वार्सी, श्रेयष तलपडे, कुनाल खेमु यस फिल्ममा रहनेछन् । त्यस्तै अभिनेत्रीहरु भने फिक्स भएका छैनन् ।