वुटबल - प्रदेश ५ सरकारले तयार गरेको नयाँ मस्यौदा अनुसार गाउँपालिका अध्यक्षले अब ४२ हजार रुपैयाँ तलब भत्ता बुझ्नेछन् । यसअघि अध्यक्षलाई पारिश्रमिक बापत मासिक ३० हजार लिने व्यवस्था थियो ।

त्यस्तै गाउँपालिका उपाध्यक्षले भने २७ हजार पाउँदै आएकोमा ३९ हजार पुर्याइएको छ । वडाध्यक्षलाई २० हजार पारिश्रमिक दिन लागेको हो ।

नगरपालिकाका मेयर भने ३५ हजार लिदै आएकोमा अब ४७ हजार रुपैयाँ लिने छन् । उपमेयर ४२ हजार दिन लागिएको हो ।

उपमहानगरपालिका प्रमुखले मासिक ४० हजार पाउँदै आएकोमा ५२ हजार र उपप्रमुखलाई ४७ हजार पाउने छन् ।