काठमाडौं - बलिउडका सुपरस्टार हिरो सलमान खान फिल्म इन्डष्ट्रीमा प्रवेश गरेको ३१ वर्ष पुगेको छ । सलमानको बलिउडमा प्रवेश ‘बीवी हो तो ऐसी’ फिल्मबाट भएको थियो ।

तर उनको पहिलो हिट फिल्म भने ‘मैने प्यार किया’ हो । प्रेम कथामा आधारीत उनको यो फिल्मले ठूलो सफलता पाएको थियो । सो फिल्मबाट सफल भएका सलमानले त्यसपछि पछाडि फर्केर हेर्नु परेन । 

उनले लगातार हिट फिल्म दिएर बलिउडमा सुपरस्टार हिरोको छविलाई कायम राखे । प्रेमीको छविबाट सुरुवात गरेका सलमान खान पछिल्लो समय भने एक्सन हिरोको रुपमा निकै सफल भएका छन् ।