काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । राष्ट्रपति भण्डारीलाई भेट्न प्रधानमन्त्री ओली आइतबार बिहान शीतल निवास पुगेका हुन् । 

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले नियमित भेटघाट भएको बताएका छन् । उनले भने, ‘उहाँहरूको भेटघाट नियमित हो। कुनै खास विषयमा छलफल भएको होइन ।’

आज दिउँसो ४ बजेका लागि  मिर्गौला प्रत्यारोपणपछि पहिलोपटक प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् बैठक पनि बोलाएका छन् ।