काठमाडौं - पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेटको दोस्रो संस्करणमा बुटवल ब्लास्टर्सले सुपर ओभरमा जित निकाल्दै विजयी सुरुवात गरेको छ ।

सोमबार पोखरा रंगशालामा भएको सुपर ओभरमा बुटवलले काठमाडौं गोल्डेनमाथि ११ रनको जित हात पारेको हो । सुपर ओभरमा बुटवलले दिएको १३ रनको लक्ष्य पछ्याएको काठमाडौँ २ रनमै समेटियो । योसँगै काठमाडौंले लगातार दोस्रो हार व्यहारेको छ । यसअघि काठमाडौं पोखरा पल्टनसँग पनि पराजित भएको थियो ।

यसअघि काठमाडौँले दिएको १ सय ४१ रनको लक्ष्य पछ्याएको बुटवलले २० ओभरमा ७ विकेट गुमाएर १ सय ४० रन बनाउँदै खेल टाइ गरेकाे थियाे ।बुटवलका लागि हर्ष टोंकले सर्वाधिक ४५ रनको योगदान दिए । शिवम् सिंहले ३२ रनको अविजित इनिङस खेल्दा शंकर राना २०, अफ्ताबुदीन अमेद १४, भिम शार्की १३ रन, कप्तान सोमपाल कामीले ११ रन जोडे ।

काठमाडौँका सुशन भारी र सुबोध भाटीले समान २र२ विकेट लिए ।यसअघि पोखरा रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौंले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ४० रन बनाएको थियो ।

उसका पवन सर्राफले सर्वाधिक अविजित ३७ रन बनाए । आक्रामक ब्याटिङ गरेका उनले २१ बलमा ३ चौका र २ छक्का प्रहार गरे । यस्तै जयकिशन कोल्सावालाले २८, आदील खान २३ रन, सुबास खकुरेल र ज्ञानेन्द्र मल्लले सम्मान १५र१५ रन जोडे ।

बुटवलका नितेस थापाले २ विकेट लिए । यस्तै हरि बहादुर चौहान र अविनास बोहराले समान १र१ विकेट हात पारे ।यसअघि काठमाडौँले दिएको १ सय ४१ रनको लक्ष्य पछ्याएको बुटवलले २० ओभरमा ७ विकेट गुमाएर १ सय ४० रन बनाएको थियो ।

बुटवलका लागि हर्ष टोंकले सर्वाधिक ४५ रनको योगदान दिए । शिवम् सिंहले ३२ रनको अविजित इनिङस खेल्दा शंकर राना २०, अफ्ताबुदीन अमेद १४, भिम शार्की १३ रन, कप्तान सोमपाल कामीले ११ रन जोडे ।

काठमाडौँका सुशन भारी र सुबोध भाटीले समान २/२ विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौंले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ४० रन बनाएको थियो । उसका पवन सर्राफले सर्वाधिक अविजित ३७ रन बनाए । आक्रामक ब्याटिङ गरेका उनले २१ बलमा ३ चौका र २ छक्का प्रहार गरे । यस्तै जयकिशन कोल्सावालाले २८, आदील खान २३ रन, सुबास खकुरेल र ज्ञानेन्द्र मल्लले सम्मान १५/१५ रन जोडे । बुटवलका नितेस थापाले २ विकेट लिए । यस्तै हरि बहादुर चौहान र अविनास बोहराले समान १/१ विकेट हात पारे ।